अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम  – Janadesh Daily | ePaper

अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम 


काठमाडौँ ।  

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद् पोखरेल प्रथम हुनुभएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा १०३ कविका कवितालाई पछि पार्दै जापान निवासी पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।

यस्तै नेपालका शुभचन्द्र राई द्वितीय तथा अफ्रिका निवासी गणेश खड्का, अमेरिका निवासी केशवराज ज्ञवाली र नेपालका वन्दना भट्टराईका कविताले तृतीय स्थान प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर ५००, द्वितीयलाई ३०० र तृतीय हुनेलाई जनही दुई/दुई सयका साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कविता वाचनमा १०३ बाट ३५ कविता छनौट भएकामा ३२ कविले कविता वाचन गरेका थिए ।

राष्ट्रकविको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष यस्तो प्रतियोगिता गरिने अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माईला’ले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्