प्रचण्डको भविष्यवाणीप्रति खगेन्द्र संग्रौलाको टिप्पणीः प्रचण्ड जे भन्छन् त्यो हुँदैन! – Janadesh Daily | ePaper

प्रचण्डको भविष्यवाणीप्रति खगेन्द्र संग्रौलाको टिप्पणीः प्रचण्ड जे भन्छन् त्यो हुँदैन!


जनादेश सोसल मिडिया वाच ।
वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जे भन्छन्, त्यो नहुने गरेको दाबी गरेका छन्।

पछिल्लो समय प्रचण्डको दाबी गलत सावित भएको उदाहरण दिँदै संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुष्पकमल जे भन्छन्, बुझ्नुपर्छ त्यो हुँदैन!’

एमाले र माओवादीबीचको एकतालाई कुनै शक्तिले भत्काउन नसक्ने भनेर प्रचण्डले विगतमा गरेको दाबीले हावा खाएको संग्रौलाको भनाई छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डले दुई दलको एकता कुनै शक्तिले भत्काउन सक्दैन भने, देखियो,’ संग्रौला लेख्छन्, ‘प्रचण्डले नेकपा डबलले ५० वर्ष अटुट शासन चलाउँछ भने। नापियो!’

आगामी चुनावमा बहुमत ल्याउने प्रचण्डको दाबीलाई पनि संग्रौलाले गफको संज्ञा दिएका छन्।

‘प्रचण्डले मन्त्री परिषद् पर्सि पूरा हुन्छ भन्या ५ पटक भो,’ संग्रौला भन्छन्, ‘प्रचण्ड आउने चुनावमा एमाओवादीको बहुमत आउँछ भन्दैछन्। गफै त हो!’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्