सुनको मूल्यमा वृद्धि – Janadesh Daily | ePaper

सुनको मूल्यमा वृद्धि


काठमाडौँ ।

दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्