सार्वजनिक गाडीको भाडा निर्धारण, उपत्यकामा न्यूनतम १८ रुपैयाँ – Janadesh Daily | ePaper

सार्वजनिक गाडीको भाडा निर्धारण, उपत्यकामा न्यूनतम १८ रुपैयाँ


काठमाडौँ ।

वाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा निर्धारण तथा समायोजन गरेको छ । काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ ।

न्यूनतम दुरी पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा भएका गाडीले यसमा थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।

काठमाण्डौ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक गाडीको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरी कायम हुन आउने भाडा दर कायम गर्ने वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्