आइपिएल क्रिकेटः दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा, धोनीको स्टाइलिस फिनिसिङ् – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा, धोनीको स्टाइलिस फिनिसिङ्


जनादेश स्पोर्ट्स ।
चेन्नाई सुपर किंग्स इन्डियन प्रिमयर लिग (आईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नाई फाइनल पुगेको हो ।

रुतुराज गायकवाड र रोविन उथापाले अर्धशतक प्रहार गरेपछि दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले १९.४ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर गायकवाडले ५० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाए । यस्तै उथापाले ४४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।

धोनीको स्टाइलिस फिनिसिङ्

कप्तान महेन्द्र सिंह धोनीले ६ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोडे । उनले आफ्नै स्टाइलमा फिनिसिङ् ओभर खेलेका थिए । कमेन्टेटरहरूले धोनीको निक्कै प्रशंसा गरेका थिए ।

त्यस्तै मोइन अलीले १६ रन योगदान गरे । दिल्लीका टम करनले ३ तथा आभेष खान र एनरिक नोर्कियले समान १ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर पृथ्वी शा र कप्तान ऋषभ पन्तको अर्धतशक मद्दतमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । पृथ्वीले ३४ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ६० रन बनाए । कप्तान पन्तले ३५ बल खेल्दै ३ चौका र २ छक्का मदेदतमा अविजित ५१ रन बनाए । शिमरोन हेतमायरले ३७ रन जोडे ।

चेन्नाईका जोस हाजलउडले २ तथा रविन्द्र जडेजा, मोइन अली र ड्वाने ब्राभोले समान १ विकेट लिए ।

चेन्नाई फाइनल पुग्दा दिल्लीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्सबीच सोमबार हुने एलिमिनेटर खेलको विजेतासँग दिल्लीले दोस्रो क्वालिफार खेल्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्