प्रधानमन्त्री देउवाले गरे हेलिकोप्टर मार्फत् पोखरा विमानस्थलको निरीक्षण – Janadesh Daily | ePaper

प्रधानमन्त्री देउवाले गरे हेलिकोप्टर मार्फत् पोखरा विमानस्थलको निरीक्षण


जनादेश, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हेलिकोप्टर मार्फत् निरिक्षण गरेका छन् । पोखरा विमानस्थल देखि हेलिकोप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन् ।

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आईतबार पोखरामा नै बसेका थिए । सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केने क्रममा उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन् ।

प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी गराएका थिए ।

चीन सरकारको २२ अर्ब रूपैयाँ सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ वर्ष समय थप गरेको आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो ।

चिनियाँ कम्पनी सिएएमसिईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो । तर, कोरोनाका कारण नसकिए पनि अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्