रोजगारी र ज्यालाबारे यस वर्ष नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको रोचक निष्कर्ष (भिडियोसहित) – Janadesh Daily | ePaper

रोजगारी र ज्यालाबारे यस वर्ष नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको रोचक निष्कर्ष (भिडियोसहित)


जनादेश अन्तर्राष्ट्रिय अपडेट ।

तीन अमेरिकी अर्थशास्त्रीहरूलाई श्रम शक्तिका सम्बन्धमा व्याप्त सोचमा रूपान्तरणबापत् अर्थशास्त्रतर्फ सन् २०२१ को नोबेल पुरस्कार प्रदान गरिएको छ । उनीहरूले कसरी न्यूनतम ज्यालाले श्रमिक भर्तीमा अवरोध गर्दैन र आप्रवासी कामदारले कसरी आदिवासीको पारिश्रमिक कम गराउँदैनन् (भाग खोस्दैनन्) भन्ने सम्बन्धमा अनुसन्धान गरेका छन् । तीनमध्ये दुईले यस्तो सामाजिक मुद्दामा अध्ययनका लागि यसखालको अनुसन्धानको विधि तय गरेकोमा पुरस्कारमा हिस्सेदारी पाएका हुन् ।

क्यानडामा जन्मेका र युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा कार्यरत कार्डलाई प्रयोगसिद्ध अनुसन्धानबापत् पुरस्कारको आधार हिस्सा प्रदान गरिएको छ । उनले न्यूनतम ज्याला, आप्रवासन र शिक्षाले कसरी श्रम बजारलाई प्रभाव पार्छ भन्ने सम्बन्धमा अनुसन्धान गरेका थिए ।

बाँकी आधा हिस्सा पुरस्कार म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी जोशवा डी अंग्रिस्ट, गिइदो डब्लु इमबेन्सलाई अनुसन्धान विधिका लागि पुरस्कारको आधा हिस्सा प्रदान गरिएको हो ।

नोबेल विजेता अर्थशास्त्रीको निष्कर्षः

पुरस्कार घोषणा गर्दै स्वीडीश राजकिय प्रतिष्ठानले यो अनुसन्धानले अर्थशास्त्रीय विज्ञानको प्रयोगसिद्ध कार्यलाई नयाँ रूप प्रदान गरेको बताएको छ । यी तिनजना अर्थशास्त्रीले प्राकृतिक प्रयोगहरूलाई विश्वभर तीव्ररूपमा प्रयोग गर्न सकिने र यसले अर्थशास्त्रलाई दैनिक जीवनमा अझै उपयोगी बनाएको बताइएको छ ।

हेर्नुस् भिडियोः
https://youtu.be/nUTRasDkXK0

कार्डको अनुसन्धानले न्यूनतम ज्याला वृद्धिले रोजगारीको संख्यामा कमी नआएको निष्कर्ष निकालेका छन् । कार्डको यो अनुसन्धानले पुरानो माग र आपूर्तिको नियममा आधारित भाष्यलाई चुनौती दिएको छ । खासगरी सन् १९९२ मा इकोनोमिस्ट म्यागेजिनले पनि अमेरिकी आर्थिक संघ (अमेरिकन इकोनोमिक एसोसिएसन)ले न्यूनतम ज्यालासम्बन्धी कानुनले अर्धदक्ष र भर्खरै श्रम बजारमा प्रवेश गरेकालाई प्रभावित पार्ने भन्दै ७९ प्रतिशतले यसमा समर्थन जनाएको उल्लेख गरेको थियो ।

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताले ११ लाख चालीस हजार अमेरिकी डलर (१ करोड स्वीडीश क्रोनर) र गोल्ड मेडल प्राप्त गर्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्