आइपिएल क्रिकेटः बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा – Janadesh Daily | ePaper

आइपिएल क्रिकेटः बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा


जनादेश स्पोर्ट्स अपडेट ।

कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

दिनेश कार्तिकले १० रन जोड्दा राहुल त्रिपाठी ६ रनमा आउट भए । कप्तान इयान मोर्गनले अविजित ५ रन जोड्दा शकिब अल हसनले अविजित ९ रन बनाए ।

बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए । कोलकाताका सुनिल नारिनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्