मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर – Janadesh Daily | ePaper

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर


कर्णाली ।

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

भारतको पञ्जाबमा मङ्गलबार आयोजित कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा आरएस बावले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारी पत्र लागू हुनेछ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासङ्गिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताउनुभयो । हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरुको सहभागिता थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्