कोरोना कहाँबाट आयो? भाइरसको उत्पतिबारे थाहा पाउने अन्तिम मौकाः डब्लुएचओ – Janadesh Daily | ePaper

कोरोना कहाँबाट आयो? भाइरसको उत्पतिबारे थाहा पाउने अन्तिम मौकाः डब्लुएचओ


जनादेश अन्तर्राष्ट्रिय अपडेट ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गठन गरिएको नयाँ टास्कफोर्स कोरोना भाइरसको उत्पति र उत्पतिको प्रकृतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्ने बताएको छ।

डब्लुएचओले नोवल पाथोजेन्स (सागो) को उत्पतिबारे खोजी प्रयासका लागि सहयोग गर्न २६ जना विशेषज्ञहरुको मनोनयन गरेको छ।

चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको डेढवर्ष भन्दा लामो समय भइसक्दा पनि उत्पतिबारे यकिन जानकारी हुन सकेको छैन।

नयाँ टास्कफोर्सले भाइरस चीनको वुहान शहरमा मासुबजारबाट मानिसमा सर्यो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्नेबारे खोजी गर्ने छ।

चीनले प्रयोगशालाबाट भाइरस चुहावट भएको भन्ने सिद्धान्त खारेज गर्दै आएको छ।

गएको फेब्रुअरीमा डब्लुएचओको टोलीले वुहानमा अनुसन्धान गरेपछि भाइरस चमेराबाट आएको हुन सक्ने बताएको थियो, तर थप अनुसन्धानको खाँचो रहेको उल्लेख गरेको थियो।

तर डब्लुएचओका प्रमुखले चीनले आवश्यक तथ्यांकहरु नदिँदा तथा पारदर्शिताको अभावका कारण अनुसन्धान प्रभावित भएको बताएका थिए ।

अहिले घोषणा गरिएको सागो समूहमा यसअघि अनुसन्धानका लागि चीन गएका टोलीमा रहेका ६ जना पनि छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्