ताइवानको टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ७९ जना अस्पतालमा १४ जना गम्भीर – Janadesh Daily | ePaper

ताइवानको टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ७९ जना अस्पतालमा १४ जना गम्भीर


जनादेश अन्तर्राष्ट्रिय वाच ।

ताइवानको एक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा आज बिहान आगलागी भएको हो ।

आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ ।

घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्