सर्वोच्चको आदेशले रिहा भइन् रुबी खान – Janadesh Daily | ePaper

सर्वोच्चको आदेशले रिहा भइन् रुबी खान


जनादेश अपडेट ।

सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो ।

सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको थियो । सोही आदेशपछि उनी जिल्ला प्रहरी कार्यालय बाँकेबाट रिहा भएकी हुन् । सर्वोच्चले उनलाई धरपकड नगर्न पनि आदेश दिएको छ ।

रिहा भएपछि अधिकारकर्मीले उनलाई माला लगाएर स्वागत गरेका थिए । उनले रिहा भएलगत्तै आन्दोलन जारी राख्ने प्रतिक्रिया दिएकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्