गोरखा केन्द्रविन्दु भएर ४.३ रेक्टरको परकम्प – Janadesh Daily | ePaper

गोरखा केन्द्रविन्दु भएर ४.३ रेक्टरको परकम्प


काठमाडौँ ।

गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्