तपाईंलाई थाहा छ ? गूगलमा झुक्किएर पनि सर्च गर्नुहुँदैन यी ५ कुरा, गरे फसिन्छ – Janadesh Daily | ePaper

तपाईंलाई थाहा छ ? गूगलमा झुक्किएर पनि सर्च गर्नुहुँदैन यी ५ कुरा, गरे फसिन्छ


जनादेश टेक डेस्क ।

हामी आजभोलि जे कुरामा जिज्ञासा भएपनि गुगलको सहारा लिइ हाल्छौं । गुगलमा जे खोजे पनि जानकारी पाइने भएकाले हामीलाई गुगल सर्च गर्न निक्कै सजिलो लाग्छ । हुन पनि गुगलमा जे खोज्यो त्यसबारे जानकारी पाइन्छ । तर तपाईंलाई थाहा नहुनसक्छ गुगलमा सबै कुरा खोज्नु राम्रो हुँदैन । कतिपय कुरा खोजिए त दण्डित नै हुने अवस्था पनि आउन सक्छ ।

के हुन् त गुगलमा खोज्न नहुने कुराः

१- यदि तपाईंको स्वास्थ्य अवस्था राम्रो छैन र आफ्नो लक्षणको आधारमा कुन रोगको संक्रमण छ भनेर गुगलमा सर्च गर्नुहुन्छ । अनि यससँगै उक्त रोगबाट निको हुन आवश्यक औषधी पनि खोज्नुहुन्छ ।

तर भुलेर पनि यस्ता काम नगर्नुहोस् । गलत औषधिको सेवनले तपाईंको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ । त्यसैले स्वास्थ्य अवस्था खराब भएको छ भने गुगल सर्च होइन, बर तुरुन्त डक्टरकहाँ जानुहोस् ।

२-बम बनाउने तरिका
गुगलमा झुक्किएर पनि बम बनाउने तरिका सर्च नगर्नुहोस् । बम बनाउने तरिका वा यससँग सम्बन्धित कुनै पनि चिज सर्च गरेकै कारण तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।

तपाईं यस किसिमका कुराहरु यदि गुगलमा सर्च गर्नुहुन्छ भने तपाईंको आईपी एड्रेस सोझै सुरक्षा निकायसम्म पुग्नेछ । त्यसपछि सुरक्षा निकायले तपाईं विरुद्ध कारबाही अगाडि बढाउन सक्छ ।

३-गुगलबाट सोझै मोबाइल एप डाउनलोड नगर्नुहोस्
हामी कुनै एप प्लेस्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड नगरेर त्यसलाई गुगलमा सर्च गर्दछौं । यसो गर्दा कतिपय समय फर्जी एपहरु डाउनलोड गर्न पुग्दछौं ।

जसले हाम्रो डिभाइसलाई हानी पुर्‍याउनुका साथै हाम्रो फोनमा रहेको डेटा समेत चोरी गर्दछन् । त्यसैले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्ने बानी बसाल्नुहोस् ।

४-निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्

याद राख्नुहोस्, आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ । यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ । त्यसैले ईमेल लगईन गर्दा आधिकारिक एप तथा ब्राउजरको युआरएलमा सोझै टाइप गर्नुहोस् ।

५- कस्टमर केयर नम्बर
हामी कुनै न कुनै उत्पादन प्रयोग गरिरहेका हुन्छौं । त्यसमा कुनै किसिमको समस्या आउँदा कस्टमर केयरलाई कल गर्ने विषयमा सोच्न थाल्छौं । कतिपय समय हामीलाई सम्बन्धित कस्टमर केयरको नम्बर थाहा हुँदैन । यस्तोमा गुगलको सहारा लिन थाल्दछौं । तर यसो गर्न राम्रो मानिँदैन यसले सहयोग पनि गर्दैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्