अझै पनि आकाश नखुल्ने, मौसम पूर्वमान महाशाखाको २४ घण्टे चेतावनी – Janadesh Daily | ePaper

अझै पनि आकाश नखुल्ने, मौसम पूर्वमान महाशाखाको २४ घण्टे चेतावनी


जनादेश वेदर वाच ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको भएपनि तत्कालै आकाश नखुल्ने र वर्षा एवं हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ।

बुलेटिनमा अगाडि भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने जानकारी महाशाखाले दिएको छ।

महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्