४ सातापछि जमानतमा रिहा भए साहरुख खानका छोरा आर्यन – Janadesh Daily | ePaper

४ सातापछि जमानतमा रिहा भए साहरुख खानका छोरा आर्यन


बलिवुड अभिनेता साहरुख खानका छोरा आर्यन खान चार सातापछि आज जमानतमा रिहा भएका छन् ।

गत अक्टोबर ३ तारिखमा लागू औषध ब्युरोले क्रुज शिप पार्टीमा लागू औषध मामिलामा आर्यन सहित २० जनालाइ नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । आर्यन खान रिहाइ हुने भएपछि आर्थर रोड जेल बाहिर सुरक्षाकर्मी, मिडिया र शुभचिन्तकको भिड लागेको थियो ।

तीन दिनको सुनुवाइ पछी मुम्बइ उच्च अदालतले बिहीवार २३ वर्षीय आर्यन खानलाइ जमानतमा रिहा गर्न आदेश दिएको थियो । अभिनेत्री जूही चावलाले १ लाख रुपियाँको बन्डमा हस्ताक्षर गरेपछि रिहाइ प्रक्रिया पुरा भएको जनाइएको छ । अदालतले रिहा गरेपनि आर्यन खानलाइ १४ शर्त पालना गर्न भनेको छ ।

ड्रग मामिलामा आर्यन खान पक्राउ परेपनि उनको साथबाट लागू औषध ब्युरोले लागू औषधी भने फेला पारेको थिएन । तर अदालतले ह्वाटस एप च्याटका आधारमा उनी अवैध लागू औषध तस्करसँग सामेल भएको दाबी गरेको छ । ड्रग्स मामिलामा आर्यन खान पक्राउ परेपछि बलिवुडकर्मीमा त्रास बढेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्