प्रकाश पराजुली र मीना बुढाथोकीले जिते ‘दोहोरी च्याम्पियन’को उपाधि – Janadesh Daily | ePaper

प्रकाश पराजुली र मीना बुढाथोकीले जिते ‘दोहोरी च्याम्पियन’को उपाधि


जनादेश अपडेट ।

लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

शनिबार पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

उपाधिसँगै उनीहरुले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफीसँगै १० लाख रुपैया र ५० लाख बराबरको जीवन बीमा पुरस्कार पाएका छन्।

त्यस्तै, सविन आचार्य र रीता रावतको समूहले तेस्रो स्थान हासिल गरेको छ। राजेन्द्र पाठक र मीना नेपाल समूह सान्त्वना पुरस्कार पाएको छ। तृतीय र सान्त्वना समूहले क्रमश: तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन्।

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए।

विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरेका थिए । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्