निरन्तर घट्दै तापक्रमः आज यी स्थानमा हिमपात हुन सक्छ – Janadesh Daily | ePaper

निरन्तर घट्दै तापक्रमः आज यी स्थानमा हिमपात हुन सक्छ


जनादेश वेदर ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ । मौसमविद् मञ्जु वासीका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

“पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । हल्का तथा छिटपुट वर्षा भए पनि मध्यम वा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली छैन,” मौसमविद् मञ्जु भन्छिन् ।

तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो ।

“विस्तारै तापक्रम घट्दै जाँदैछ । एकैपटक घट्दैन, विस्तारै विस्तारै तापक्रम घट्दै छ । दिनको एक डिग्री वा केही पोइन्टमा तापक्रम घटिरहेको छ,” उनी भन्छिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्