गायक आमात्यको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण निकाल्ने कुमारी बैंकका कर्मचारी पक्राउ – Janadesh Daily | ePaper

गायक आमात्यको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण निकाल्ने कुमारी बैंकका कर्मचारी पक्राउ


काठमाडौँ ।

चर्चित गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा बनाई १९ करोड रुपैयाँ ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमात्यको बारामा रहेको १२ बिगाहा जमिनको नक्कली कागजात बनाइ बैंकबाट ऋण निकालेको आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेका छन् ।

जग्गा ठगी गरेको थाहा पाएलगत्तै अमात्यले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई खबर गरेका थिए । हाल पक्राउ परेका चार जनामाथि अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्