मौसम विभागको सूचनाः चिसो बढ्यो सतर्कता अपनाउनुहोस् – Janadesh Daily | ePaper

मौसम विभागको सूचनाः चिसो बढ्यो सतर्कता अपनाउनुहोस्


जनादेश वेदर वाच ।

देशभर चिसो बढ्ने क्रम बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो ।

विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्