चिसो बढ्यो, कति छ काठमाडौंको न्युनतम तापक्रम? यी स्थानमा हिमपात नै हुने – Janadesh Daily | ePaper

चिसो बढ्यो, कति छ काठमाडौंको न्युनतम तापक्रम? यी स्थानमा हिमपात नै हुने


जनादेश वेदर वाच ।

काठमाडौंमा आजको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको हो ।

यसअघि हिजो सोही समयमा काठमाडौंको तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो ।

आज गण्डकी प्रदेश र प्रदेशक एकका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । आज राति प्रदेश १ र गण्डकीका हिमाली भेटमा हल्का हिमपात हुने उनको भनाइ छ ।

तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् सापकोटा बताउँछन् । आज घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने उनले बताए ।

आज प्रदेश–१ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्