कुकुरका लागि छुट्टै टेलिभिजन च्यानल – Janadesh Daily | ePaper

कुकुरका लागि छुट्टै टेलिभिजन च्यानल


लन्डन, (एजेन्सी) ।

मानिसको सर्वश्रेष्ठ साथी मानिने कुकुरहरूले अब सोफामा बसेर आफ्नो मालिकले हेर्ने टेलिभिजन मात्र बाध्य भएर हेरिरहनु नपर्ने भएको छ । किनभने बेलायतमा अब टेलिभिजनमा कुकुर मैत्री अर्थात् तिनीहरूकै लागि निर्माण गरिएको कार्यक्रमहरू प्रशारण भइसकेको छ ।

यसका लागि छुट्टै नयाँ टेलिभिजन नेटवर्क ‘डग टेलिभिजन’ सोमबारदेखि प्रशारण भइसकेको छ । तीन वर्ष लामो अनुसन्धानपछि तयार भएको यस च्यानलले बिछोडको चिन्ता, एकांकीपना र तनावजस्ता लक्षणहरू हटाउन वैज्ञानिक परीक्षण गरी बनाइएका कार्यक्रमहरू प्रशारण हुने यस च्यानलका मालिकहरूले बताएका छन् ।

यस च्यानलले मालिकहरूलाई कसरी आफ्ना पाल्तु कुकुरलाई राम्ररी बुझ्ने र हेरचाह गर्ने भन्ने शिक्षा दिने खालका कार्यक्रम पनि प्रशारण गर्ने गर्दछ ।

कोरोना भाइरस महामारीका कारण लकडाउन गरिएका बेला बेलायतमा कुकुर पाल्नेको संख्या नाटकीय रूपमा वृद्धि भएको छ । तर, अहिले अधिकांश मानिस काममा फर्कन थालेकाले कुकुरलाई दिनभर एक्लै घरमा छाडिने गरिएको छ । कार्यक्रम निर्माताहरूले कुकुरहरूको आवश्यक परेका बेला सक्रिय वा आरामको अवस्थामा राख्न तिनीहरूको शारीरिक र मानसिक आवश्यकता र अवस्था तथा प्रतिक्रियाहरूलाई ध्यानमा राखेर कार्यक्रम बनाइने गरिएको जानकारी दिएका छन् ।

साथै कुकुरको चेतनाले ग्रहण गर्ने खालका रंग, अडियो फ्रिक्वेन्सी र क्यामेराहरू प्रयोग गरिएका छन् ।

डग टेलिभिजनका प्रमुख वैज्ञानिक प्राध्यापक निकोलस डोडम्यान भन्छन्, ‘ एक्लै बस्दा कुकुरका व्यवहारमा देखिने परिर्वतनका समस्याबाट पीडित कुकुरका मालिकहरूका लागि यो च्यानल अत्यन्तै काम लाग्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्