नेपाली महिला टिमको ऐतिहासिक उपलब्धिः कतारसँग टीट्वेन्टी क्रिकेट क्लिन स्विप – Janadesh Daily | ePaper

नेपाली महिला टिमको ऐतिहासिक उपलब्धिः कतारसँग टीट्वेन्टी क्रिकेट क्लिन स्विप


जनादेश स्पोर्ट्स ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीनवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलको शृंखला क्लिन स्विप गरेको छ।

तेस्रो खेलमा बिहीबार एक सय ९ रनको जित हात पार्दै नेपाली टोलीले शृंखला ३-० ले जितेको हो। यसअघिका दुवै खेलमा पनि नेपालले भारी अन्तरको जित हात पारेको थियो।

दोहामा १६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो। नेपालका सबनम राई, सरस्वती चौधरी र रुविना क्षेत्रीले एक एक विकेट लिए। यसअघि

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन जोडेको थियो।

नेपालको पालीमा प्रारम्भिक ब्याट्सवुमन सीता राना मगर एक्लैले ८२ रन बनाइन्। उनले ७२ बल खेल्दै सात चौका प्रहार गरिन्।

टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो व्यक्तिगत उच्च स्कोर हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्