कानुन व्यवसायीमाथि अभद्र व्यवहार गर्ने दुई पक्राउ – Janadesh Daily | ePaper

कानुन व्यवसायीमाथि अभद्र व्यवहार गर्ने दुई पक्राउ


काठमाडौं।

 प्रहरीले नेपाल बार एसोसिएसनभित्र कानुन व्यवसायीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई बिहीबार राति बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेस बस्नेतले बताएका छन्।

उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ। ढकाल र श्रेष्ठलगायत ५ जनाको समूहले बिहीबार परिसरमा गएर कानुन व्यवसायीमाथि अभद्र व्यवहार गरेका थिए। सो क्रममा कानुन व्यवसायीले उनीहरुलाई बार परिसरबाट लखेटेका थिए।

आन्दोलन दबाउन प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरेको भन्दै कानुन व्यवसायीहरुले आपत्ती जनाएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्