धरहरा बुर्जखलिफा शैलीमा सझाइयो, झकिझकाउ बन्यो रानीपोखरी (फोटो फिचर) – Janadesh Daily | ePaper

धरहरा बुर्जखलिफा शैलीमा सझाइयो, झकिझकाउ बन्यो रानीपोखरी (फोटो फिचर)


जनादेश वाच ।

अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार काठमाडौंका दुई महत्वपूर्ण ऐतिहासिक सम्पदालाई निलो रंगको पृष्ठभूमिमा सजाइएको छ।

यसरी सजाइएका स्मारकहरू रानीपोखरीको बालगोपालेश्वर मन्दिर र धरहरा हुन्। २०७२ को भुइँचालोमा क्षति पुगेका यी दुवै सम्पदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै पुनर्निर्माण गराएका हुन्। धरहराको निर्माण कार्य अझै जारी छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरलाई निलो बत्तीले झकिझकाउ पारिएको थियो भने धराहरामा नीलो रंगको पृष्ठभूमिमाथि बालबालिकाको तस्बिर प्रदर्शन गरिएको थियो। यो कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युरोेपेली युनियन र युनिसेफले संयुक्त रूपमा आयोजना गरेको हो।

युनिसेफले जनाएअनुसार बालबालिकाको समृद्ध जीवनको परिकल्पनामा ऐक्यवद्धता जनाउन धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको हो।

हरेक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्