मौसम पूर्वानुमानः महाशाखाको आग्रह – चिसो बढ्दैछ, सतर्कता अपनाऔँ’ – Janadesh Daily | ePaper

मौसम पूर्वानुमानः महाशाखाको आग्रह – चिसो बढ्दैछ, सतर्कता अपनाऔँ’


जनादेश वेदर वाच ।

आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको अनुमान छ ।

आज राती प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ ।

‘देशका प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशभर चिसो बढ्ने क्रम रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले आज जारी गरेको सूचनामा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्