सवारी दुर्घटनामा बुटबलका माओवादी नेता टंकमणिको मृत्यु – Janadesh Daily | ePaper

सवारी दुर्घटनामा बुटबलका माओवादी नेता टंकमणिको मृत्यु


जनादेश अपडेट

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दाङबाट बुटवल फर्कंदै गर्दा गएराती साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउदै गरेको ना७ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइते भएपछि बुटवल स्थित लुम्बिनी सिटिमा उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।

शहीद स्मृती प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज थिए।

५५ बर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गरिने संयोजक जिसीले बताए । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका थिए । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्