चुनावपछि एमाले फेरि फुट्छ, समाजवादीप्रतिको आकर्षणले ओली अत्तालिएका छन्: माधव नेपाल – Janadesh Daily | ePaper

चुनावपछि एमाले फेरि फुट्छ, समाजवादीप्रतिको आकर्षणले ओली अत्तालिएका छन्: माधव नेपाल


जनादेश, काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनु भएको छ । आज जनकपुरमा बोल्दै नेता नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेको र ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनु भएको हो । आफ्नो पार्टीप्रति आकर्षण बढिरहेकाले ओली अत्तालिएको पनि नेता नेपालको दाबी छ ।

‘एमालेभन्दा हामी कमजोर छैनौं, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन्। कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ। राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’, उहाँले भन्नुभयो, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं।’

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने तर नामका सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्