देशभर थप ३३२ जनामा सङ्क्रमण, चारको मृत्यु – Janadesh Daily | ePaper

देशभर थप ३३२ जनामा सङ्क्रमण, चारको मृत्यु


काठमाडौँ ।

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भाइरस सङ्क्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।

सङ्क्रमणबाट चारको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्