बेन्जेमामाथि एक वर्षको जेल सजाय तोकियो, के थियो कसुर ? – Janadesh Daily | ePaper

बेन्जेमामाथि एक वर्षको जेल सजाय तोकियो, के थियो कसुर ?


जनादेश स्पोर्ट्स ।

फ्रान्स तथा रियल म्याड्रिड फुटबल क्लबका स्ट्राइकर करिम बेन्जेमालाई एक वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको अदालतका एक न्यायाधीशले बुधबार बेन्जेमालाई एक वर्षको निलम्बित जेल सजाय सुनाएका छन् । साथै, उनलाई ८४ हजार अमेरिकी डलर जरिवानासमेत तिर्न आदेश दिइएको छ ।

फ्रेन्च राष्ट्रिय फुटबल टोलीका सहकर्मी खेलाडी म्याथ्यू भाल्भुएनाको यौन भिडियो राखेर ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमालाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाइएको हो ।

तर, फ्रान्सको कानुनअनुसार बेन्जेमाले तत्काल जेल भने बस्नुपर्ने अवस्था भने नभएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । अदालतले तोकेको निश्चित समयसीमाभित्र फेरि यस्तै कसुर गरेमा भने उनले जेल बस्नुपर्ने हुन्छ ।

भाल्वुएनासँग रकम असुली गर्ने प्रयासस्वरुप ३३ वर्षीय बेन्जेमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो । घटना सन् २०१५ मा भएको थियो ।

अल्जेरियन मुलका बेन्जेमामाथि मुद्दा परेपछि फ्रान्समा विवाद उत्पन्न भएको थियो । आप्रवासीको सन्तान भएका कारण बेन्जेमामाथि आरोप लगाइएको भन्दै कतिपयले विरोधसमेत गरेका थिए ।

घटना बाहिरिएपछि बेन्जेमा र भाल्वुएना दुवै खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो स्थान गुमाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्