नेपाललाई बाइडेनको निम्तो – Janadesh Daily | ePaper

नेपाललाई बाइडेनको निम्तो


जनादेश मिडिया वाच ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् ।

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेको हो ।

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन । बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताए ।

गोरखापत्र दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्