नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोकियो बुद्ध एयरको जहाज – Janadesh Daily | ePaper

नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोकियो बुद्ध एयरको जहाज


काठमाडौँ ।

नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको एब्रो जहाज स्यालसँग ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्जका लागि उडेको सो जहाज बुधबार साँझ अवतरणको क्रममा स्यालसंग ठोकिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले सो दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति नपुगेको जनाएको छ । त्यस्तै, जहाजमा भने सामान्य क्षति पुगेको छ ।

नेपालगञ्ज विमानस्थलमा यस किसिमका दुर्घटना बारम्बार देखिरहेको जनाउँदै बुद्ध एयरले सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर र ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्