प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा बिक निर्बिरोध निर्वाचित – Janadesh Daily | ePaper

प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा बिक निर्बिरोध निर्वाचित


जनादेश, लुम्बिनी प्रदेश ।  प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा मानसिंह बिक निर्बिरोध निर्वाचित हुनुभएको छ । प्रदेशको राजधानी देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्ष प्रदीप वाग्ले र समावेशी उपाध्यक्ष प्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रमुख सचिबमा भुपेन्द्र ओली, खुला सचिबमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल र गणेश पाण्डे, महिला सचिब भावना सुवेदी, जनजाति सचिब गजेन्द्र गुरुङ, दलित सचिब चिन्ताबहादुर दर्जी र मधेशी सचिब आलम खान तथा कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुनुभएको छ । समितिमा दाङबाट सदस्यहरु सन्तोष अधिकारी र शालिकराम मुसाफिर तथा लेखा समिति सदस्यमा युगराज पोख्रेल निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्य समिति बनेको छ । त्यस्तै लेखा समिति संयोजकमा शीतल थापा निर्वाचित हुनुभएको छ भने सदस्यमा युगराज पोख्रेल र बिमलराज डाँगी निर्वाचित हुनुभएको छ । अनुशासन समिति संयोजकमा माया केसी निर्वाचित हुनुभएको छ ।

अधिवेशनउद्घाटन माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्नुभएको थियो भने मुख्यमन्त्री कुलप्रसाद केसीलगायतले सम्वबोधन गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्