प्रधानमन्त्रीको पत्रपछि फ्रान्सले बेलायती मन्त्रीसँगको भेट रद्द गर्यो – Janadesh Daily | ePaper

प्रधानमन्त्रीको पत्रपछि फ्रान्सले बेलायती मन्त्रीसँगको भेट रद्द गर्यो


पेरिस ।

फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले शुक्रबार बेलायती समकक्षी प्रिती पटेललाई उहाँले आप्रवासी सङ्कटमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक गरेको पत्रको विरोधमा उहाँसँग तय भएको सप्ताहन्तको वार्ता रद्द गरेको बताउँनुभएको छ।

एएफपीका अनुसार दरमानिनले पटेललाई जोनसनले राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रलाई फ्रान्सले च्यानल पार गर्ने आप्रवासीहरूलाई फिर्ता लैजानु भनेको विषयले थप ‘निराशा’ पारेको जनाउँनुभएको छ

उहाँले थप्नुभयोस् ‘ यस्ता विषयलाई यसरी सार्वजनिक बनाउनुले वातावरण अझ नराम्रो बनाएको छ। त्यसैले मैले आइतबारका लागि क्यालासमा तय हाम्रो बैठक रद्द गर्न आवश्यक ठानेको छु।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्