एमाले महाधिवेशनमा कसले के भने? यस्तो रह्यो नेताहरूको सन्देश – Janadesh Daily | ePaper

एमाले महाधिवेशनमा कसले के भने? यस्तो रह्यो नेताहरूको सन्देश


जनादेश, काठमाडौँ ।

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

चितवनमा सुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा अतिथीको रुपमा उपस्थित हुनुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बनाउनुभएको हो । शुभकामना सन्देश दिदै प्रधानमन्त्री देउवाले संवाद र सहकार्यबाट मात्रै दलहरुवीच एकता कायम भइ मुलुकले लिएको विकास र समृद्दीको बाटो तय हुने भन्दै सरकार यसको लागि तयार रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गर्नुभयो । आफूलाई हिजो अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको आरोप लगाउनुभयो । ओलीले आउँदो चुनावपछि एमालेको सरकार बन्ने दाबी समेत गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले अझै कम्युनिष्ट एकता आवश्यक रहेको भन्दै सबै मिलेर मात्रै मुलुकको विकास हुने दाबी गर्नुभयो । कार्यक्रममा राष्ट्रीय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले एकले अर्कालाइ खुइल्याउने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशलाइ अनेक वहानामा दबाउने प्रयास भएको भन्दै दुइतिहाइ बहुमतको सरकारले पनि न्याय दिन नसकेको भन्दै एमालेको आलोचना गर्नुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको माग पूरा नभएको भन्दै २० लाख मानिस उतारेर संघर्ष गर्ने चेतावनी दिए । कार्यक्रममा शुभकामना दिदै राप्रपाका अध्यक्ष कमल थापाले नाकाबन्दी र राष्ट्रवादको सवालमा ओलीले राखेको अडान सही भएको भन्दै प्रशंशा गरे । कार्यक्रममा एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टीलाइ निम्तो नै नदिएका कारण उपस्थित भएका थिएनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्