माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवनमा – Janadesh Daily | ePaper

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवनमा


जनादेश, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ,’ महराले भने ।

प्रवक्ता महराले हालसम्म पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको पनि जानकारी दिए । उनले पार्टी सदस्य संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको महराले जानकारी दिए । कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भएपनि शुक्रबारसम्म सक्ने तयारी भएको जानकारी प्राप्त भएको उनले बताए ।

त्यस्तै, मंसिर २५ गते सातवटै प्रदेश कमिटीको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहालले २५ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि प्रवक्ता महराले बताए।

माओवादी स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्