नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर , ५ पदमा ८३ जना माग – Janadesh Daily | ePaper

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर , ५ पदमा ८३ जना माग


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।

बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कर्मचारी माग गरेको छ ।

निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ। आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्