रंगकर्मी प्रचण्ड मल्लको निधन – Janadesh Daily | ePaper

रंगकर्मी प्रचण्ड मल्लको निधन


काठमाडाैं। नेपाली नाटक क्षेत्रका बलिया खम्बा प्रचण्ड मल्लको निधन भएको छ। उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा शुक्रबार दिउँसो उनको निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनी केही दिनदेखि निमोनिया रोगबाट सिकिस्त थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनी नेपाली रंगमञ्चमा निर्देशक र लेखकको नामले परिचित छन्।

उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका संस्थापक उपकुलपति हुन्। उनले ७० वटाभन्दा बढी नाटक लेखेका छन् भने सयभन्दा बढी नाटक निर्देशन गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्