जाडोमा किन खानु पर्छ बदामः थाहा पाइराख्नुहोस् – Janadesh Daily | ePaper

जाडोमा किन खानु पर्छ बदामः थाहा पाइराख्नुहोस्


जनादेश हेल्थडेस्क।
जाडो महिनामा जठाराग्नी (पाचनतन्त्र) निकै सक्रिय हुन्छ । खसगरी पुस र माघ महिनामा शरीरलाई पोषिलो खानेकुरा चाहिन्छ । पाचनतन्त्र सक्रिय भएको बेला खाएको कुरा पच्छ र शरीरले पर्याप्त पोषण पाउँछ ।

जाडोमा घाम ताप्दै बदाम खाँदा बेग्दै मजा आउँछ । खानुको मजामात्र नभए बदाम शरीरलाई पोषण दिन एकदमै हितकारी खानेकुरा हो । यसमा भएको पौष्टिक तत्वले जाडोमा शरीरलाई निकै फाइदा गर्छ । यसले तौल घटाउनेदेखि आवश्यक पोषण दिएर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

बदाममा प्रोटिन, भिटामिन, खनिज र फाइबर हुन्छ । यसमा भएको फाइबरले चाँडो भोक लाग्न दिँदैन । दैनिक बदाम खाँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यलाई फाइदा पुगिरहेको हुन्छ ।

पाचनतन्त्र स्वस्थ
बदाममा उच्च मात्रामा फाइबर हुने भएकाले कब्जियतको समस्या समाधान हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसबाहेक बदामको नियमित सेवन गर्दा शरीर सुन्निएको पनि ठिक हुन्छ ।

मुटुलाई स्वस्थ राख्छ
बदामको सेवन गर्दा मुटुरोगको जोखिम कम हुन्छ । बदाममा स्वस्थ बोसो म्याग्नेसियम, एन्टीअक्सिडेन्ट र अन्य आवश्यक पोषक तत्वहरु पाइन्छ । जसले रक्त कोषिकालाई स्वस्थ राख्न मद्दत गर्छ । मुटु रोगको जोखिमलाई कम गर्न दैनिक बदाम खानु राम्रो हुन्छ ।

मधुमेह नियन्त्रण
मधुमेह नियन्त्रणको लागि मधुमेह बिरामीले दैनिक बदामको सेवन गर्नु उचित मानिन्छ । यसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्छ । जाडोयाममा दैनिक बदामको सेवन गर्दा शरीरमा रगतको कमी पूरा हुन्छ ।

सौन्दर्य बढाउँछ
बदामले शरीरलाई स्वस्थ राख्नुका साथै सौन्दर्य बढाउने काम पनि गर्छ । बदामको नियमित सेवनले छाला चाउरिने समस्या कम हुन्छ । अनुहारको छालालाई चम्किलो बनाउने र चाउरिन नदिने भएकाले यो सौन्दर्य बढाउने खानेकुरामा पनि पर्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्