मदिरा सेवन संस्कृतिले समाजमा हिंसा बढ्दै, यसलाई रोक्नु आवश्यक – Janadesh Daily | ePaper

मदिरा सेवन संस्कृतिले समाजमा हिंसा बढ्दै, यसलाई रोक्नु आवश्यक


पोखरा । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राख्नुभएको हो ।

बाँकेमा बढ्यो महिला हिंसा, एक वर्षमा ६६२ उजुरी – ThePressNepal

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आधुनिकताको पक्षको रुपबाट मदिरा संस्कृति बढ्दै गएको र यसले समाजलाई नकारात्मकतातर्फ डो¥याएका बताउनुभयो । उहाँले ८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्याङ्कहरु बाहिर आएको जनाउँदै मदिराले मानिसलाई आफूलाई शक्तिशाली हुँ भन्ने मनोवैज्ञानिक भ्रम सिर्जना गर्ने र हिंसाका लागि प्रेरित गर्न गरेको बताउनुभयो । उहाँले डाक्टरले भनेका कुरालाई वेवास्ता गर्दै सामाजिक प्रतिष्ठा र विलासिताको पक्षबाट मदिरालाई अगाडि ल्याउने संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मदिर बिक्री वितरणका लागि बनेका ऐनको कार्यान्वयनमा लागि प्रशासन पूण प्रतिबद्ध रहेको यसको लागि नागरिक तहबाट सचेतनको जरुरी रहेको बताउनुभयो । पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यपक डा डेभिड श्रेष्ठले मदिराले स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुतीकरण राख्दै स्वास्थ्यका लागि मदिरा सेवन कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले विश्व भरी पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका युवा १३ देखि १४ लाखको मृत्यु हुने गरेको तथ्याङ्क रहेको डेढ दुई करोड अङ्गभङ्ग हुने गरेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १७÷१८ सयको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको यसको कारणमा ६९ प्रतिशत मदिरा सेवन रहेको बताउनुभयो । उहाँले ‘ड्रिक एण्ड ड्राइभ’ कम गर्दा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्