प्रचण्डको प्रतिवेदनमा के छः यी हुन् मुख्य अंश – Janadesh Daily | ePaper

प्रचण्डको प्रतिवेदनमा के छः यी हुन् मुख्य अंश


जनादेश, काठमाडौँ ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘२१ औ शताव्दीको समाजवादको नेपाली बाटो’ को राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गरेका छन् ।

महाधिवेशनको सम्मुखमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रतिवेदनका महत्वपूर्ण अंश वाचन गरेर सुनाएका थिए । धेरैलाई जिज्ञासा छ– उनको राजनीतिक दस्तावेजमा के के छ? प्रचण्डले सुनाएको झन्डै एक सय पृष्ठ लामो प्रतिवेदनमा संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्यबारे विश्लेषण गरिएकाे छ ।

त्यस्तै, उनले पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्न तथा पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखाबारे विस्तृत रूपमा प्रतिवेदनमा उल्लेख गरेका छन् । केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले वाचन गरेर सुनाएको प्रतिवेदनका मुख्य अंशः जनताको लामो सशस्त्र एवंम शान्तिपूर्ण र वलिदानपूर्ण आन्दोलनवाट प्राप्त उपलब्धीहरुमाथी प्रतिगामी हमला वढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन निरंकुश तत्वहरुले टाउको उठाईरहेका छन् । विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरुका वीचमा मोर्चावन्दी वढदो छ ।

देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चावन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गदै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको छ । वाम–लोकतान्त्रिक मोर्चावन्दी र ब्यापक जनदवावका कारण तत्कालिन र कार्यनीतिक रुपमा देशी विदेशी र प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडायन्त्रको योजना असफल भएको छ । तर, रणनीतिक रुपमा प्रतिक्रान्तिकारी षडयन्त्र गर्ने प्रयत्न्न भने रोकिएको छैन । हिजो जनयुद्ध र जनआन्दोलनवाट पराजित सामन्ती तत्वहरु, दलाल नोकरशाही र तिनका पृष्ठपोषक राजनीतिक दलहरु एकातिर एवंम मजदुर, किसान, राष्ट्रिय पुँजीपति वर्गसम्म र पहिचान पक्षधर राजनीतिक शक्ति, जाति क्षेत्र, लिंग, समुदाय, देशभक्त वुद्धिजीविसम्म अर्काेतिर धुब्रीकृत वनेर संर्घष चलिरहेको तथ्य सजिल्यै देख्न सकिन्छ । यो ऐतिहासिक रुपले अनिवार्य संर्घषका लागि, विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिहरुले आफनो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफनो राजनीतक मुद्दालाई ढृढताका साथ जनसमुदायमा स्थापित गर्नु र आफनो आचरणलाई जनहित अनुकुल बनाउन अझ जोड लगाउन आवश्यक छ ।

महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली सहितको धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ । केही वर्षदेखि स्वयम हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन एवंम गुटवादी अराजकताका साथै शान्ति सम्झौता पछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनौं ।

यसको विषयमा हाम्रो पार्टीले गम्भिरताका साथ समिक्षा गदै सही विचार, राजनीतक कार्यदिशाको विकास गर्नुको साथै तदनुकुल संगठनात्मक संरचना एवंम कार्यशैलीको विकासमा जोड लगाउनु सर्वाधिक ध्यान दिनुपर्छ । वित्तिय पुँजीवादका रुपमा ब्यक्त भईरहेका विश्व भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरु, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभाव र आजको उत्पादक शक्ति र उत्पादनको वस्तुवादी आंकलन गरेर तथा हाम्रो आफनै आर्थिक, राजनीतिक, सामाजिक विकासको ठोस अवस्थाको ठोस विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ । वर्तमान राष्टिय र अन्तराष्टिय परिस्थितीमा उभिएर सही विचारधारात्मक राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौति आज हाम्रो अगाडी छ ।

एक्काइशौं शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले जनतामा रहेको कम्युनिष्ट आन्दोलन प्रतिको भरोसाको दृष्टिले तथा विभिन्न अन्तराष्टिय शक्तिकेन्द्रहरुको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार, आन्दोलन, अवसर र चुनौति दुवै हाम्रो अगाडि छन् । विगतको निर्मम आत्मसमिक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविश्यको सपष्ट रुपरेखा खिच्नुछ । हाम्रो यो आठौं राष्टिय महाधिवेशनले आफनो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्