ओलीप्रति व्यङ्ग्य गर्दै प्रचण्डलाई बामदेवको बधाई – Janadesh Daily | ePaper

ओलीप्रति व्यङ्ग्य गर्दै प्रचण्डलाई बामदेवको बधाई


जनादेश सोसल मिडिया वाच।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गर्दै बधाई ज्ञापन गरेका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले कसैलाई आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन्।

 

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन। कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो। प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद दिन्छु।’

गाली गर्ने र अरूलाई दुर्वचन बोल्ने भन्दै बामदेवले एमाले अध्यक्ष केपी ओलीप्रति घुमाउरो व्यङ्ग्य पनि बधाई सन्देशमा गरेका छन् । ओली घोचपेचको भाषण गर्ने नेताको रूपमा चिनिन्छन् ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्