गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं–सुर्खेत उडान – Janadesh Daily | ePaper

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं–सुर्खेत उडान


काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ ।

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं–सुर्खेत उडान

सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताउनुभयो । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्