दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड – Janadesh Daily | ePaper

दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड


जनादेश इन्टरटेनमेन्ट।

‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।

विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्