सम्पत्ति सार्वजनिक नगरेका प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः जनताले कसरी पत्याउने? – Janadesh Daily | ePaper

सम्पत्ति सार्वजनिक नगरेका प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः जनताले कसरी पत्याउने?


जनादेश सोसल मिडिया वाच।

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बताएका छन्। त्यसो नगर्दा उनीहरू सुशासन र कानुनका पक्षमा छन् भनेर पत्याउन नसकिने टिप्पणी पनि गरेका छन्।

‘प्रम र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानुनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने’, रावलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रस्ट छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्