संसद अवरोधः २१ वर्षअघिको आफ्दै किर्तिमान भंग गर्दै एमालेको नयाँ कीर्तिमान – Janadesh Daily | ePaper

संसद अवरोधः २१ वर्षअघिको आफ्दै किर्तिमान भंग गर्दै एमालेको नयाँ कीर्तिमान


जनादेश मिडिया वाच।

प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ। २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै नयाँ कीर्तिमान बनाएको हो।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिएका थिए।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिसकेको छ। बिहीबारसम्म दुवै अधिवेशन गरेर एमालेले ८३ दिन संसद अधिवेशन अवरुद्ध गरेको छ।

नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन् । विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ।

गोरखापत्र दैनिकबाट।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्