राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


जनादेश,दाङ । राप्ती इञ्जिनियरिङ कलेजमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा बिहीबार कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

कलेजमा रहेका विभिन्न कार्यक्रम अन्तर्गत ७ वटा समुहको सहभागिता भएको प्रतियोगितामा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ दोस्रो वर्षका मिना बुढाथोकी, फनिराम योगी, अनिल पुन र निर्मल घर्तीले प्रथम स्थान हासिल गरे ।

त्यस्तै डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ तेस्रो वर्षका जय प्रकाश चौधरी, पदम विष्ट, दिपक शही र मनिषा खड्काले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् ।

त्यसैगरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्षका मिना पाण्डे, मनोज शर्मा, अमृत चौधरी र शुसिल वि.क तृतीय स्थान हासिल गरेका थिए ।

May be an image of 8 people, people standing, outdoors and text that says "Û TICTanLMA Quiz Contest Program Supperted By: Lions Club of Rapti Engineering Date: 13 Jan 2022 Venue: Rapti Engineering College Belieue YOURSELF"

डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका विशाल सुनार, अविष्कार थापा, गणेश नेपाली र चन्द्रमाया बाँठा मगरले सान्त्वना स्थान हासिल गर्न सफल भए । सो अवसरमा प्रथम, दोस्रो, तेस्रो र सन्त्वना हुनेहरुलाई डाइरी तथा प्रमाण-पत्र प्राप्त गर्न सफल भएका छन् ।

May be an image of ‎8 people, people standing and ‎text that says "‎LIONS INTERMATIOWAL THE INTERNATIONAL ASSOCIATION OF LIONS CLUBS (LIONS CLUBS INTERNATIONAL) DISTRICT 325 B2,NEPAL- L/Y2021-2022 Beltouse Quiz Date: 13 Jan 2022 Program Supperted By: Lions Club of Rapti Engineering Contest ۔nue:Rapti Rapti Engineering College Believe YOURSELF‎"‎‎

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका व्यवस्थापन समिति अध्यक्ष एवं जोन चियर पर्सन लायन भीमसेन गिरीले लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङले समाज बौद्धिक विकासका लागि विद्यार्थीमा रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

May be an image of 7 people and people standing

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल एवं लान्स क्लब अफ राप्ती इञ्जिनियरिङका अध्यक्ष लायन रेशम गिरीकोे सभापति तथा व्यवस्थापन समिति अध्यक्ष एवं जोन चियर पर्सन लायन भीमसेन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

May be an image of 4 people, people standing, outdoors and text

कार्यक्रमको सहजीकरण विसिए विभागिय प्रमुख लायन विश्वबन्धु थापाले गर्नु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्