एकपछि अर्को झट्का, भारतीय टेस्ट टिमको कप्तानीबाट पनि विराट कोहलीको राजीनामा – Janadesh Daily | ePaper

एकपछि अर्को झट्का, भारतीय टेस्ट टिमको कप्तानीबाट पनि विराट कोहलीको राजीनामा


जनादेश स्पोर्ट्स।

भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।

सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारितापूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्।

दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्