लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान – Janadesh Daily | ePaper

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान


जनादेश स्पोर्ट्स।

रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् ।

३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए ।

लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र पेरिस सेन्ट जर्मेन (पिएसजी) का लियोनल मेस्सीलाई पछि पारेर वर्ष खेलाडी अवार्ड जितेका हुन् ।

यस्तै चेल्सीका प्रशिक्षक थोमस टुसिलले उत्कृष्ट पुरुष टिम प्रशिक्षकको अवार्ड जितेका छन् । सर्वोत्कृष्ट गोलका लागि टोटनह्यामका एरिक लामेलाले फिफा पुस्कास अवार्ड पाएका छन् ।

यसैबीच म्यानचेस्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोलाई स्पेसल अवार्ड प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गरेकोमा रोनाल्डोलाई विशेष सम्मान गरिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्