मौसमः काठमाडौंसहित केही भागमा वर्षा, तराईमा बाक्लो हुस्सु र कुहिरो – Janadesh Daily | ePaper

मौसमः काठमाडौंसहित केही भागमा वर्षा, तराईमा बाक्लो हुस्सु र कुहिरो


जनादेश वेदर।

आज बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदलीको रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार आज काठमाडौंको मौसम बदली हुनेछ भने दिउँसो छिटपुट वर्षा पनि हुनेछ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्